तुलसीपुर २८ बैशाख
वृद्ध महिलालाई बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुरमा वली बिरुद्ध किटानी जाहेरी परेको छ ।
गएको बैशाख १७ गते र मध्यरातमा घरभित्र पसी ६१ बर्षीया वृद्ध महिलालाई बलात्कार गर्न खोजेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–३ बोरागाउँ निबासी खिमबहादुर वलीका विरुद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा दर्ता भएको हो ।
घटनामा संलग्न वलीको खोजी कार्य भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।
प्रहरीले जबरजस्ती करणी उद्योगमा मुद्दा चलाउने तयारी गरेको छ । घटना बैशाख १७ गतेको भएपनि गाउँमै मिलाउन खोजेकाले प्रहरीमा उजुरी आउन ढिला भएको प्रवक्ता डम्बरपालले जानकारी दिए ।
प्रकाशित मिति : २०७७ बैशाख २८ गते आइतवार


















