तुलसीपुर, २३ बैशाख
तुलसीपुरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेताको घरमा चोरी भएको छ ।
तुलसीपुर उपहानगरपालिका–८ दुधेना निबासी नेपाल कम्युनिष्ट पार्टीका नेता चुर्णबहादुर वलीको घरबाट नगद ६३ हजार र ग्यारेन्टी वाला नौगेरी चोरी भएको प्रहरीले बताएको छ ।
घरमा कोहि नभएको मौका छोपी चोरले आइतबार राति चोरी गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । चोरीमा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएकाे छ ।
प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार


















