बन्द गराउँदै हिडेको प्रहरी माथि नेपालगंजमा आक्रमण

 

नेपालगंज २३ बैशाख

नेपालगंजमा पसल बन्द गराउदै हिडेको प्रहरी माथि आक्रमण भएको छ । रानी तलाउदेखि पसल बन्द गर्न र घर भित्रै बस्न अनुरोध सहित माईकिङ गर्दै हिडेको प्रहरी माथि नेपालगंज उपमहानगरपालिका–३ को त्रिवेणी मोडमा स्थानीयले आक्रमण गरेका हुन् ।

स्थानीयकाे   आक्रमणबाट बा१झ ८२८४ नम्बरको जीपमा क्षेति पुगेको छ भने प्रहरी माथि हातपात भएको छ । पसल बन्द गराउन आग्रह गर्ने क्रममा जम्मा भएको भिडले प्रहरीसंग विवाद गर्दै हात पात गर्नुका साथै गाडिमा समेत ढुङ्गामुडा गरेको वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

त्यस क्षेत्रमा थप प्रहरी परिचान गरिएपछि भिड ततरवितर भएको थियो । घटनामा संलग्न रवि गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘ प्रहरीको टोली पसल बन्द गर्नुस भन्दै त्रिवणी मोडमा पुग्यो त्यहाँका स्थानीयले हामी पसल बन्द गर्दैनौ पत्रकार सम्मेलन गर्छौ भन्दै थिए ,’ प्रहरी निरीक्षक बस्नेतले भने –‘ सोही क्रममा विवाद भएपछि प्रहरी माथि हातपात गर्नुका साथै गाडीमा समेत तोडफोड गरे । ’

नेपालगंजमा कोरोनाको संक्रमण देखिएपछि ३ दिन नेपालगंजलाई निषेधीत क्षेत्र घोषणा गरिएका छ ।

 

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया