२०८३ असोज ४ गते आइतवार

बाख्रा चराउन गएकी बालिका बलात्कार,, सचिन पक्राउ

तुलसीपुर, बैशाख बालिकालाई बलात्कार गरेको आरोपमा तुलसीपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–३ चखौरा निबासी २२ बर्षका सचिन चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । आरोपी युवकले बाख्रा चराउन गएकी १६ बर्षकी बालिकालाई तुलसीपुर उपमहानगरपालिका–२ कुईरेपानीको जंगलमा शनिबार दिउसो साढे १२ बजे बलात्कार गरेको प्रहरीले बताएकाे छ । पिडितले दिएको जाहेरीका आधारमा पक्राउ परेका युवकका विरुद्ध जबरजस्ती करणी सम्बन्धी मुद्दा चलाईने प्रहरी निरीक्षक शर्माले बताए ।  
प्रकाशित मिति : २०७७ बैशाख २१ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।