२०८३ असोज ४ गते आइतवार

लकडाउनमा पसल खाेल्ने ७ जना तुलसीपुरमा पक्राउ

तुलसीपुर, १८ बैशाख अत्यावश्यक भन्दा अन्य पसल खोलेको आरोपमा तुलसीपुरमा प्रहरीले ७ जना व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फेन्सी पसल, स्टेसनरी, जुत्ता पसल लगाएतका व्यवसायी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए । पटक पटक सम्झाई बुझाई गर्दा समेत अटेरी गरेर लकडाउनको उलंघन गरेकाले पक्राउ गरेको पसल प्रहरी निरीक्षक शर्माले बताए । सम्झाउदा समेत उल्टै विवादगरी झगडा समेत गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले बताएको छ । प्रहरीले व्यापारीको नाम भने खुलाएको छैन ।
प्रकाशित मिति : २०७७ बैशाख १८ गते बिहिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।