२०८३ असोज ४ गते आइतवार

विहेकाे दबाब दिन हातखुट्टा बाँधेर अपहरण

बझाङ , १७ बैशाख बझाङमा अपहरण गरिएको २२ घन्टापछि एक किशोरीको आफन्तले उद्धार गरेका छन । विहे गर्न दबाब दिदै छबिसपाथीभेरा गाउँपालिका निबासी १५ वर्षिया किशोरीको हातखुट्टा र मुख बाँधेर अपहरण गरिएको थियो । अपहरणमा संलग्न रहेका छबिसपाथिभेरा गाउँपालिका ७ का विकास धामी, दीपेन्द्र धामी, प्रकाश धामी, निराजन धामी, संसार धामी र आशिक धामी फरार रहेको र उनिहरुको खोजीकार्य तिब्र बनाइएको जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक गणेस बमले जानकारी दिए । उनिहरु विरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरसम्बन्धी मुद्दा दर्ता गरिएको छ । मानसीक अवस्थामा विछिप्त रहेकी उनी महिला सुरक्षित आवासगृहको आश्रयमा बसिरहेकी छन् । छिमेकी दिदी नाता पर्ने गीता धामी र उनका श्रीमान् प्रकाश धामीको योजनामा आफू अपहरणमा परेको पीडितको भनाइ छ। महिनावारी भएको बहाना गरेर घरमा खाना पकाइदिन बोलाएकी गीताले श्रीमान् र अरुको सहयोगमा अपहरण गराएकी थिइन्। उनीहरुले काकाको छोरा सागर धामीसँग विवाह गर्ने योजना बनाएको किशोरीले बताइन्।    
प्रकाशित मिति : २०७७ बैशाख १७ गते बुधवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।