दाङमा व्यक्तीको जग्गामा अबैध उत्खनन्

शिवु खनाल

दाङ, बैशाख १४/ लमही नगरपालिकाले नगर क्षेत्र अन्र्तगतको बगारबाबा बालुवा प्रशोधन उद्योगको अनुगमन गरेको छ । उद्योगले निजि आवादी जग्गाबाट नदिजन्य पदार्थ अबैध उत्खनन् गरेको खुलासा भएको गुनासो स्थानियबाट आएपछि लमही नगरपालिकाले उक्त उद्योगको अनुगमन गरेको हो ।

लमही नगरपालिका वडा नम्बर ७ फचकपुर स्थित बगारबाबा बालुवा प्रशोधन उद्योगले सम्बन्धित जग्गा धनिलाई जानकारी नै नदिई निजि जग्गाबाट नदिजन्य पदार्थ उत्खनन् गरिएको रहस्य फेला परेपछि नगरपालिका र साँसद दामा शर्मा, जिल्ला समन्वय समितिका पदाधिकारी र अन्यको टोली उत्खनित क्षेत्रमा पुगेर अनुगमन गरेको हो लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसैले बताउनुभयो ।

उहाँले भन्नुभयो,–। ‘उत्खनन् अबैधानिक रहेको र कारबाहीको लागि तत्काल कदम् चालिने छ । यसरी अबैध रुपमा नदीजन्य पदार्थ उत्तखनन् गर्न कसैलाई पनि छुट छैन ।’ गत बर्षको राजस्व समेत बाँकी रहेको बताउँदै, नगर प्रमुख केसीले अबैध उतखनन् गर्ने उद्योग बन्द गरिने चेतावनी दिनुभयो । यता लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरिले वडा कार्यालयले उत्खनन्का लागी कुनै किसिमको सिफारिस नगरेको स्पष्ट पार्नुभयो ।

डिल्लि बहादुर केसी, गोपाल केसी र तिलकराम केसीको १८ कठ्ठा ९ धुर क्षेत्रफल रहेको निजि जग्गामा ठुलो खाडल बनाईएको छ, बढीमा ६० देखी ८० सेन्टिमिटर गहिराई सम्म नदिजन्य पदार्थ उत्खनन् गर्नुपर्ने कार्य्विधिमा स्पष्ट छ । तर, यहाँ ३.४ मिटर गहिराई सम्म उत्खनन् गरिएको छ ।।

प्रकाशित मिति : २०७७ बैशाख १४ गते आइतवार
प्रतिक्रिया