२०८३ असोज ४ गते आइतवार

पसल खोलेको भन्दै व्यापारीमाथि कुटपिट

तिर्थराज ज्ञवाली सिसहनिया, ९ बैशाख / लकडाउनमा पसल खोलेको भन्दै व्यापारी कुटिएका छन् । देउखुरीको पीपरी बजार स्थीत वर्षा किराना एण्ड कस्मेटिक संचालक नन्दराम गुप्तालाई सोही ठाउँका कालीचरण चौधरीले कुटपिट गरेर गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेको सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ । कुटपिट गर्ने चौधरीलाई सिसहनिया प्रहरी चौकिले नियन्त्रणमा लिएको बाणिज्यसंघका सचिव मदन पोख्रेलले जानकारी दिए । यसैविच सिहनिया उद्योग बाणिज्य संघले घटनाको कडा निन्दा गरेको छ । सामाजिक दुरी राखेर पसल खोल्ने सहमति अनुसार पसल खोलिएको भन्दै मादक पदार्थ सेवनगरी व्यापरी कुटपिट गर्ने व्यक्तिलाई कडा कारबाही गर्न माग गरेकोछ । बाणिज्य संघ सिहनियाका अध्यक्ष शान्तराज भण्डारी तथा महासचिव ईश्वरी प्रसाद अधिकारी द्धारा जारी प्रेस विज्ञप्तीमा न्याय र सुरक्षाका क्षेत्रमा कार्य गर्ने सरोकारवालाहरुले पीडित गुप्तालाई न्याय दिलाईदिन अनुरोध गरिएको छ ।  
प्रकाशित मिति : २०७७ बैशाख ९ गते मङ्गलवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।