२०८३ असोज ४ गते आइतवार

लुटपाटमा संलग्न पत्रकारसहित ३ प्रहरी जेल चलान

तुलसीपुरखबर, ५ बैशाख जिल्ला आदालत मकवानपुरले हिरा लुटपाटमा संलग्न पत्रकार र तीनजना प्रहरीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । शुक्रबार जिल्ला न्यायाधीश दिल्लीराज श्रेष्ठको इजलाशले ललितपुरको भैंसेपाटी बस्ने १९ वर्षीय पत्रकार सुजन आचार्य, वीरेन्द्रनगर १२ सुर्खेत घर भएका नेपाल प्रहरीका असई २६ वर्षीय सुरेन्द्र बहादुर बसेल, शिवालय २ जाजरकोट घर भएका नेपाल प्रहरीका जवान २७ वर्षीय वीरबहादुर बस्नेत र सिउजा १, दाङ घर भएका २८ वर्षीय प्रहरी जवान हिमकान्त पुन मगरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । एक जनालाई भने धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । इलाका प्रहरी कार्यालय पालुङका   प्रहरी निरीक्षाक विकास तामाङ नेतृत्वको प्रहरीले  मकवानपुरको कैलाश गाउँपालिका ५ चौकीटारी धनलक्ष्मी गुरुङको हिरा लुटेको आरोपमा  पत्रकार सुजन आचार्यसहित अन्य तीन प्रहरीलाई चैत ७ गते पक्राउ गरेको थियो ।   प्रहरीले उनीहरुको साथबाट एक थान हिरा, गोली लोड गरिएको अवस्थामा प्रहरीकै पेस्तोल एक थान, चार थान सञ्चार सेट, दुई थान मेटल डिटेक्टर, एक थान क्यामेरा, एक थान ल्यापटप र ७ थान मोबाइल बरामद गरेको थियो ।
प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।