२०८३ साउन १० गते आइतवार

नेपाली कांग्रेसको कार्यकर्ता भेटघाट

अम्मरराज आचार्य
दाङ, २६ बैशाख । नेपाली कांग्रेस घोराही उप महानगरपालिका वडा नम्वर १८ को गिठेपानी फुर्सेखालीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।  इकाइ संयोजक मधुसुदन अधिकारीको अध्यक्षता तथा महासमिती सदस्य अर्जुन श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा वोल्ने बक्ताहरुले स्थानिय तहको चुनावमा नेपाली काग्रेलाई विजयी वनाउन आग्रह गरेका थिए । स्थानिय तहको चुनावमार्फत जनताले धेरै अधिकार प्राप्त गर्ने भएकाले सक्षम नेतृत्व आवस्यक पर्ने बताए ।
त्यस अवसरमा नेपाली काग्रेस जिल्ला कोषाध्यक्ष सावित्रा राना, जिल्ला सदस्य कमानसिंह भारती, पुर्व जिल्ला सह सचिव गोपाल राज शर्मा, क्षेत्रिय सचिव वद्रीकुमार खडका, नगर सभापति मनोज वुढाथोकी, नगर सचिव दिनेश अधिकारी, क्षेत्रिय प्रतिनिधि टिकाराम नेपाली , काग्रेस नेताहरु टंकेश्वर पौडेल, भरतमणि पौडेल, भुवन गौतम, लोकराज सुवेदी, केशर रावत, नेपाल महिला संघ क्षेत्र नम्वर ३ का सचिव पार्वता योगी, नेपाल विद्यार्थी संघ क्षेत्र नम्वर ३ का सभापति तिलक रावत, समाज सेवी दामोदर अधिकारी, उज्यालो विहानी फाउण्डेसनका गिरवहादुर महरा लगाएतकाले भनाई राखेका थिए ।

प्रकाशित मिति : २०७४ बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया