सामुदायिक वनमा लागेको ताला १६ दिनपछि खुल्यो

काठमान्डौ, २२ चैत्र

नवदुर्गा सामुदायि वन उपभोक्ता समूहको भवनमा लागेको ताला १६ दिनपछि आज खुलेको छ । जनप्रतिनिधि, संघर्ष समिति र वन समूहका पदाधिकारी बीच भएको तीन बुँदे सहमति भएपछि सामुदायिक वनको भवनमा लागेको ताला खुलाइएको उपभोक्ता जीतबहादुर खड्काले जानकारी दिए ।

छलफलमा संघर्ष समितिका संयोजकको रोहबरमा वन पैद्धावार नपाएका उपभोक्तालाई बलाबलि र दाउरा दिने, निवर्तमान कार्य समितिसंग बैशाख महिना भित्र हिसाव किताव बरबुझारथ गर्ने, र २०७७ श्रावन महिना भित्र साधारण सभा बोलाउने सहमतिमा ताला खुलेको उपभोक्ता खड्काले जानकारी दिए ।

तुलसीपुर उपमहागनरपालिका – ९ का वडाध्यक्ष घनश्याम ढकालको अध्यक्षता बसेको छलफलमा संघर्ष समितिका संयोजक दिलबहादुर रोकाय, वन समूहका अध्यक्ष केशव सापकोटा, उपभोक्ता लगाएत २३ जनाको सहभागिता रहेको छ ।

वन व्यवस्थापन गर्दा निस्कीएका बलाबली र दाउरा वितरणमा मनोमानी गरेको, उपभोक्ता भन्दा बाहिरकालाई बला र दाउरा दिएको, भन्दै चैत्र ६ गते वन समूहका उपभोक्ताहरुले सामुदायिक भवनमा ताला लगाई दिएका थिए ।

 

प्रकाशित मिति : २०७६ चैत्र २२ गते शनिवार
प्रतिक्रिया