फुटबलको उपाधी चुम्यो युएनविसीले

लक्ष्मण बस्नेत,२६ तुलसीपुर वैशाख ।

दाङ जिल्ला क्लब स्तरिय वि डिभिजन रेडबुल लिग फुटबलको उपाधी युएनविसी घोराहीले हात पारेको छ । दाङ जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुुसार संचालित प्रतियोगिताको फाइनलमा साविक विजेता स्पोर्टस स्कुल फृुटबल एकाडेमी तुलसीपुरलाई २ विरुद्ध ३ गोल अन्तरले पराजीत गर्दै युएनविसीले नगद २१ हजार ट्रफी सहित उपाधी चुमेको हो ।

उपविजेतामा चित्त बुझाउन बाध्य स्पोर्टस स्कुल फुटबल एकाडेमी तुलसीपुरले नगद ११ हजार, ट्रफी हात पा¥यो । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनीको खेलमैदानमा कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको सुरुवाती समयमा युएनविसीका सागर चौधरीले पहिलो गोल गरे भने एकाडेमीका अर्नुन नेपालीले जवाफी गोल गर्दै खेललाई बराबरीमा पु¥याउन सफल भए । त्यस्तै दोश्रो हाफ्मा एकाडेमीका अर्जुन नेपालीले थप एक गोल गर्दै टिमलाई अग्रता दिलाए पनि युएनविसीका राजन शाहीले जवाफी गोल गर्दै टिमलाई बराबरीमा लग्न सफल भए ।

निर्धारित समय सम्म २–२ को बराबरी भएपनि थपिएको अतिरिक्त १५ मिनेटको अन्त्यमा युएनविसीका राजन शाहीको गोलनै युएनविसीका लागि निर्णायक गोल सावित भयो । जिल्ला फुटबल संघ दाङका अध्यक्ष भुपेन्द्र विक्रम थापाको अध्यक्ष तथा अञ्चल प्रहरी राप्तिका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक ज्ञानविक्रम शाहको प्रमुख आतिथ्य एव तुलसीपुर उद्योगवाणिज्य संघका अध्यक्ष विमल रिजालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा प्रमुख अतिथी, विशिष्ठ अतिथीहरुबाट प्रतियोगितामा सर्वाधिक गोल कर्ता स्पोर्टस स्कुल एकाडेमीका अर्जुन नेपाली,उत्कृष्ट गोल रक्षक सक्सेस फुटबल क्लबका विक्रम चन्द, वेष्ट डिफेन्स स्पोर्टस स्कुल फुटबल एकाडेमीका हेमराज रावत, वेस्टप्लेर नवलपुर युवा क्लब घोराहीका अर्जुन वुढा, राइजिङ प्लेर न्याउली क्लब खाद्रेका बसन्त थापा, फेयर प्लेको प्रमाणपत्र नवलपुर युवा क्लब घोराहीलाई प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।

वैशाख १५ गते देखी तुलसीपुर अरनीको मैदानमा जारी प्रतियोगितामा जिल्लाका स्थापित १० फुटबल क्लबको सहभागिता रहेको थियो । वि डिभिजन लिगबाट छनौटमा परेका खेलाडीहरुले काठमाण्डौमा हुने क्षेत्रीय लिग फुटबलमा सहभागिता जनाउने संघका महाँसचिब सुशिल श्रेष्ठले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७४ बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया