दाङमा सालका रुख पत्ल्याउन शुरु

तुलसीपुर,५ फागुन ।
दाङमा सालको रुख पत्ल्याउन शुरु गरिएको छ । दाङमा सालवनको हैसियत सुधार गर्न पहिलो पटक डिभिजन वन कार्यालय दाङले विशेष कार्ययोजना बनाएर काम शुरु गरेको हो । डिभिजन बन कार्यालय दाङका प्रमुख दीपक ज्ञवालीका अनुसार सालका रुख पत्ल्याउन (थिनिङ कार्यक्रम) कालागि पुरुक कार्ययोजना बनाएर दाङका १६ वटा सामुदायिक वनको एक सय हेक्टरमा काम शुरु गरिएको उनको भनाई छ ।

सामुदायिक वनले आफ्नो स्वीकृत कार्ययोजना अनुसार वनको संरक्षण, गोडमेल, छटनीकटनी, झाडी सफाई र सदुपयोगको काम बिगतका बर्षहरुदेखि गर्दै आइरहेको थियो । तर वनको आवश्यकता अनुसार पत्ल्याउने काम नभएको हुँदा सालको वनको हैसियतमा सुधार हुन नसकको अवस्थामा वन पत्ल्याउने काम शुरु गरिएको प्रमुख ज्ञवालीको भनाई छ ।

उनका अनुसार वनमा लाथ्रा र पोलको उचित स्टक कायम गरि वोटविरुवाबीच प्रतिस्पर्धा कम गर्दै समग्र वनको वृद्धि गर्नुका साथै गुणस्तरीय वन पैदावार उत्पादनमा टेवा पु¥याउने , वनमा वोटविरुवाको उचित संख्या कायम गरि वनको हैसियतमा सुधार गर्ने, समुदायको वन पैदावारको माग आपुर्ती गर्ने र रोग प्रकोप न्युनीकरण गर्ने तथा साना साइजका सालका रुख (पोल) को वृद्धि विकास गर्न पत्ल्याउने काम शुरु गरिएको हो ।

 

प्रकाशित मिति : २०७६ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया