वन मुद्धाका फरार अभियुक्त दाङमा पक्राउ

तुलसीपुर,१९ बैशाख ।
वन मुद्धाका फरार अभियुक्त पक्राउ लाई दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालीका वडा नं. ३ बरुवा बस्ने वर्ष ३५ का माईतुलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरीलाई दाङ देउखुरी जिल्ला अदालत २०७१ साल जेष्ठ २ गते दुई महिना एघार दिन कैद सजाय र २ लाख ९८ हजार ४ साय १६ रुपैया जरीवाना तोकेको थियो ।

उनलाई प्रहरी टोलीले खोज तलास गर्दै जाँदा आफ्नै घर ठेगाना अन्तरगत लुकीछिपी बसेको अवस्थामा आज फेला पारेको हो । निज लाई कैद र जरीवाना भुक्तानको लागि दाङ देउखुरी जिल्ला अदालत घोराहीमा पठाईएको प्रहरी प्रमुख धिरज प्रताप सिँहले बताउनुभएको छ ।।

प्रकाशित मिति : २०७४ बैशाख १९ गते मङ्गलवार
प्रतिक्रिया