आइपिएलमा हैदराबाद ४८ रनले विजयी

काठमाडौं, वैशाख १८ ।

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराईजर्स हैदराबादले कोलकत्ता नाइट राइडर्सलाई ४८ रनले हराएको छ  २ सय १० रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि रोविन उथप्पाले २८ बलमा ५३ रन, मनिष पाण्डेले २९ बलमा ३९ रन, । युशुफ पठानले १३ बलमा १२ रन, सेल्डन ज्याक्सनले १७ बलमा १६ रन, कोलिन डे ग्रान्डहोमले १५ बलमा १८ रन बनाए । हैदराबादका भुवनेश्वर कुमार, मोहम्मद सिराज, सिद्धार्थ कौलले दुई दुई साथै रसिद खानले एक विकेट लिए । 

टस हारेपछि पहिले ब्याटिङमा आएको हैदराबादका डेभिड वार्नर एक्लैले ५९ बलमा १ सय २६ रन बनाएपछि हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो । वार्नरले ८ छक्का र १० चौका हानेका थिए । यस्तै शिखर धावनले ३० बलमा २९ रन साथै केन विलियम्सनले २५ बलमा ४० रन बनाए । 

आइतबारको रातिको हारपछि पनि १० खेलमा ७ जितेर १४ अंकसहित कोलकत्ता अंक तालिकाको शीर्ष स्थानमा छ । यस्तै १० खेलमा ६ खेल जितेको हैदराबाद १३ अंकसहित तेस्रो स्थानमा छ । हैदराबादको एक खेल वर्षाले प्रभावित भएको थियो ।

प्रकाशित मिति : २०७४ बैशाख १८ गते सोमवार
प्रतिक्रिया