२०८३ कार्तिक २९ गते आइतवार

अनेरास्ववियू दाङको संयोजकमा रोका र सहसंयोजकमा परियार

तुलसीपुर,६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध दुइ विद्यार्थी सगठनबीच एकता भएपछि बनेको अनेरास्ववियू दाङको संयोजकमा जंग रोका र सहसंयोजकमा सर्जन परियार चयन हुनुभएको छ । केन्द्रीय सबै जिल्लाका संयोजक र सहसंयोजक तोक्दै दाङमा संयोजक रोका र सहसंयोजकमा परियारलाई जिम्मा दिएको हो । त्यस्तै अनेरास्ववियू दाङको सहसंयोजकमा सर्जन परियार तोकिनुभएको छ । एकताअघि रोकाले माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन र परियारले एमालेसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गर्नुभएको थियो । त्यस्तै दाङका वीरबल खड्काले केन्द्रीय अनुशासन आयोग सदस्यको जिम्मेवारी पाउनुभएको छ ।

प्रकाशित मिति : २०७६ माघ ६ गते सोमवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।