कर्पोरेट फुटसल सुरु: रोट्रयाक्ट र डक्टर्स एशोसियशनको बिजयी सुरुवात

लक्ष्मण बस्नेत , २५ पुस तुलसीपुर दाङ ।
दाङको तुलसीपुरमा शुक्रबार देखि सुरु भएको स्काई वर्थ कप कर्पोरेट फुटसल प्रतियोगिता २०७६ मा आयोजक रोट्रयाक्ट क्लब अफ तुलसिपुर बि र डक्टर्स एशोसियन अफ तुलसिपुर ले बिजयी सुरुवात गरेका छ्न् । रोट्रयाक्ट क्लब अफ तुलसिपुरकोआयोजनामा तुलसिपुर ६ स्थित द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिता को उद्घाटन खेलमा एन प्याब्सन दाङ लाई ५ का विरुद्ध १३ गोल को फराकिलो अन्तरले पाखा लगाउदै रोट्रयाक्ट क्लब बि ले बिजयी सुरुवात गरेको प्रतियोगिताका संयोजक सुरज राईमाझी ले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत शनिवार बिहान ६ बजे हुने पहिलो खेल मा पत्रकार र उधोग बाणिज्य संघ भिड्नेछन् । स्थानिय स्तरमा फुटसल खेलको पहुच अभिवृद्धि गर्ने र आपसी भाईचारा कायम राख्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २० हजार पुरस्कार, कप,हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद १० हजार तथा कप हात पार्नेछ । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ प्लेयर अफ टुर्नामेन्ट र बेस्ट स्कोरर लाई पुरस्कृत गरिने क्लबका अध्यक्ष नवीन कुमार राई ले जानकारी दिए । खेल अबधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री सुरेन्द्र चौधरी र आदेश के।सि। रहेका छ्न् ।

पुस २६ गते शनिवार सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ । यसैबिच प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देब बहादुर केसि ले उद्घाटन गरेका हुन् । कार्यक्रम क्लबका अध्यक्ष नवीन राई को अध्यक्षता तथा रोटरी क्लबका अध्यक्ष केसिको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा दाङ जिल्ला फुटबल संघ का अध्यक्ष सुशील श्रेष्ठ,तुलसिपुर उपमहानगरपालिका का युवा तथा खेलकुद संयोजक अमर नेपाली ,तुलसिपुर उधोग बाणिज्य संघ का अध्यक्ष वीर बहादुर रावत लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगिता का संयोजक सुरज राईमाझी को स्वागत रहेको कार्यक्रम को संचालन क्लबका महासचिव कमल डागिले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष २५ गते शुक्रवार
प्रतिक्रिया