टि-१० क्रीकेटको उपाधि उरहरीलाई

कमल पोख्रेल,उरहरी १४ पुस ।

तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ को आयोजनामा भएको प्रथम वडा अध्यक्ष टि १० क्रीकेटको उपाधि उरहरीले हात पारेको छ । आज भएको फाइनलमा बेलटाकुरालाई ७ विकेटले पराजित गर्दै उरहरीले उपाधि हात पारेको हो । दिनेश रावतको कप्तानिमा मैदान उत्रिएको उरहरीको कसिलो बलिङ सामु बेलटाकुरा ५१ रनमा समेटिएको थियो । ५२ रनको लक्ष्य पछ्याएको उरहरीले ८.३ ओभरमा ५२ रन जोड्दै बिजयी भएको हो। उरहरीको लागी सन्तोष रावतले २२ रनको अबिजित पारि खेलेका थिए ।

बेलटाकुराको लागि मनोज शाह र महेश चन्दले १(१ विकेट लिएका थिए । जित सगै उरहरीले १० हजार नगद, प्रमाण पत्र शिल्ड मेडल प्राप्त गरेको थियो । प्रतियोगितामा वडाका ५ समुहको सहभागिता थियो । प्रतियोगितामा बेष्ट ब्याट्सम्यान शन्तोष रावत वेस्ट बलर सुधन बुढाथोकी र बेस्ट क्याचर महेश चन्द घोषित भएका थिए ।

पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चित्र बहादुर ओलीले खेलकुदको बिकाशको लागी आफु सदैब तत्पर रहेको बताएका थिए । उनले खेलकुदका गतिबिधी निरन्तर आयोजना गरिने बताएका थिए । पुरस्कार बितरण कार्यक्रमको संचालन वडा सदस्य सुबास डाँगिले गरेका थिए ।

प्रकाशित मिति : २०७६ पुष १४ गते सोमवार
प्रतिक्रिया