
तुलसीपुर, २४ मंसीर ।
तुलसीपुर ४ मा प्रथम वडा अध्यक्ष कप भलिवल प्रतियोगिता सुरु भएको छ । वडा कार्यालयको आयोजनामा मंगलवार देखी सुकिदहमा भलिवल प्रतियोगिता सुरु भएको हो ।वडा अध्यक्ष बालकृष्ण रानाले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई बल हस्तान्तरण गदै खेलको उद्घाटन गरेका हुन् ।वडामा खेलकुदको विकास गर्नका लागी प्रथम वडा अध्यक्ष कपको आयोजना गरिएको अध्यक्ष रानाले बताएका छन् ।सुकिदह महोत्सवलाई मध्यनजर गदै वडा अध्यक्ष कप पनि आयोजना गरिएको उनले बताएका छन् ।महोत्सव यहि मंसीर २६ गते सुकिदहमा हुदैछ ।
यसैविच भलिवल प्रतियोगिताको पहिलो दिन पाँच वटा खेल भएको छ । जसमा ठुलाचौर सामुदायिक बन उपभोक्ता समुह मात्रै क्वाटरफाईनलमा प्रवेश गरेको भलिवल खेलकुद उपसमितिका संयोजक राजेस विकले जानकारी दिएका छन् ।पहिलो खेलमा खर्जुवारानी सामुदायिक बन समुह र न्याउली सामुदायिक बन समुह बिच प्रतिस्प्रधा भएको थियो ।जसमा न्याउली सामुदायिक बन समुहले खर्जुवारानी सामुदायिक बन समुहलाई पराजित गरेको खेल रेफ्रि रेवन्त रानाले जानकारी दिएका छन् ।
यस्तै दोस्रो खेलमा गादीबराह सामुदायिक बन समुहले जरायोटाकुरा सामुदायिक बन समुहलाई पराजित गरेको हो । तेस्रो खेलमा ठुलाचौर सामुदायिक बन समुहले जनश्रम माध्यामिक विद्यालय खाद्रेलाई पराजित गरेको हो भने चौथो खेलमा गुरु जजुर माध्यामिक विद्यालयले मुलपानी सामुदायिक बन समुहलाई पराजित गरेको छ ।
यस्तैगरी पाँचौ खेलमा ठुलाचौर सामुदायिक बन समुहले कालिकामालिका सामुदायिक बन समुहलाई पराजित गरेको रेफ्रि रानाले जानकारी दिएका छन् ।तिन दिन सम्म सन्चालन हुने भलिवल प्रतियोगितामा बुधवार पाँच खेल हुने भएका छन् । वडा अन्र्तगत रहेका ९ वटा सामुदायिक बन समुह र दुई वडा माध्यामिक विद्यालय गरी जम्मा ११ टिमले प्रतियोगितामा भाग लिएका छन् ।