नेपाललाई जुडोमा अर्को स्वर्ण

काठमाडौ, २३ मंसीर ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले जुडोमा स्वर्ण पदक जितेको छ । सोमवार ७८ केजीमुनिको तौल समूहमा पुनम श्रेष्ठले स्वर्ण पदक जित्नुभएको हो । १३ औं सागमा नेपालले जुडोमा जितेको यो दोस्रो स्वर्ण पदक हो । यो सँगै १३ औं सागमा नेपालले जितेको स्वर्ण पदकको संख्या ४८ पुगेको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २३ गते सोमवार
प्रतिक्रिया