सागमा ७२ स्वर्णसहित भारत पहिलो, ४० स्वर्णसहित नेपाल दोस्रो स्थानमा

काठमाडौ, २० मंसीर ।
नेपालमा जारी १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा भारत ७२ स्वर्णसहित पहिलो स्थानमा छ । भारतले ५३ ओटा रजत पदक तथा २५ कास्यसहित १ सय ५० ओटा पदक जितेको छ । नेपालले भने ४० ओटा स्वर्ण पदक जितेको छ भने २७ ओटा रजत पदक जितेको छ । ४२ कास्यसहित नेपालले १ सय ९ ओटा पदक जितेको छ । श्रीलंकाले २० ओटा स्वर्ण ३९ रजत तथा ६० कास्य पदक जितेर १ सय १९ ओटा पदक हात पारेको छ । पाकिस्तानले १८ स्वर्ण, २४ रजत, २६ कास्यसहित ६८ ओटा पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण ११ रजत, ४५ कास्यसहित ६० पदक जितेको छ । माल्दिभ्सले अहिलेसम्म एउटा मात्रै स्वर्ण जितेको छ भने ३ ओटा कास्य पदक जितेको छ । भुटान हालसम्म स्वर्णविहीन छ भने ६ ओटा कास्य जितेको छ ।

 

प्रकाशित मिति : २०७६ मङ्सिर २० गते शुक्रवार
प्रतिक्रिया