१ नम्बर वडाध्यक्ष २१ हजार घुस सहित पक्राउ

तुलसीपुर, ३ मंसिर

मोरङको जदहा गाउँपालिका –१ का वडाध्यक्ष २१ हजार घुस सहित पक्राउ परेका छन् । वडाध्यक्ष उमेशकुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीे घुस लिदैगर्दा पक्राउ गरेको हो । हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै निजले रु २१ हजार घुस मागेका थिए ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई आज पक्राउ गरिएको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया