तेक्वान्दोको ब्ल्याकबेल्ट ग्रेडिङ

तुलसीपुर , ३ मंसीर । दाङको तुलसिपुरमा मंगलबार सम्पन्न जिल्ला स्तरिय तेक्वान्दो ब्ल्याक बेल्ट ग्रेडिङ तथा दिक्षान्त समारोहबाट ४२ खेलाडी दिक्षित घोषित भएका छन् । दाङ जिल्ला तेक्वान्दो संघको आयोजना तथा हाम्रो पहुँच सेकेण्डरी स्कुल तुलसीपुरको समन्वयमा भएको कार्यक्रममा ब्ल्याकबेल्ट लिन योग्य ४२ सिनियर खेलाडी बाट ४१ जनालाई ब्ल्याकबेट (कालो बेल्ट) र एक जना लाई सेकेन्ड डान प्रदान गरिएको हो ।
जिल्लामा स्थापित डोजाङका महिला ९ र पुरुष ३३ सिनियर खेलाडी सहभागी भएको ब्ल्याकबेल्ट ग्रेडिङ गरिएको हो । जसमा देवि चौधरी,बिबेक चौधरी,कपिल चौधरी, रितेश चौधरी, अजित चौधरी, अप्सन डागी,नमन केसि,सुजल महरा,मधुसुदन योगि,बन्दना भण्डारी लगाएत रहेको दाङ जिल्ला तेक्वान्दो संघका अध्यक्ष भिम लाल बि.क.ले जानकारी दिएका छन् ।

संघका अध्यक्ष भिमलाल बिकको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं नेपाल तेक्वान्दो संघ प्रदेश न ५ का अध्यक्ष बिमल रिजालको विशिष्ट आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै मेयर पाण्डेले मानव स्वास्थ्यको मुख्य मेरुदण्ड खेलकुद क्षेत्र लाई देशको समृदी संग जोडेर लैजानु पर्ने बताए । बिकसित मुलुकहरुले खेलकुद कै माध्यम बाट समृद्धि हासिल गरेको उदाहरण प्रस्तुत गदै पाण्डेले अब देशको समृद्धि खेलकुदबाटै हुने बताएका थिए ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया