फुटसलको उपाधी शारदा सिस्ने लाई

लक्ष्मण बस्नेत
कार्तिक २३ तुलसिपुर / नेशनल प्याब्सन तुलसिपुर नगर स्तरिय अन्तर बिद्यालय शिक्षक फुटसल प्रतियोगिता २०७६ को उपाधी शारदा सिस्ने बोर्डिङ स्कुल तुलसिपुर ले चुमेको छ  । नेशनल प्याब्सन तुलसिपुर नगर कमिटिको आयोजनामा संचालित प्रतियोगिताको फाईनलमा पब्लिक ज्ञान ज्योती मा.बि.तुलसिपुर लाई १ का विरुद्ध २ गोल अन्तरले पाखा लगाउदै शारदा सिस्ने बोर्डिङ स्कुल ले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद ७ हजार,ट्रफी, मेडल तथा प्रमाणपत्र हाल पार्न सफल भयो ! त्यस्तै फाईनलमा पराजित पब्लिक ज्ञान ज्योती भने उपबिजेतामा चित्त बुझाउदै नगद ५ हजार,ट्रफी,मेडल,प्रमाणपत्र हात पार्‍यो ।

उल्लेख्य दर्शक ले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा भएको कडा प्रतिस्पर्धात्म शानदार खेलमा शारदा सिस्ने का तर्फ बाट मोहन ओलिले पहिलो गोल गरे ! त्यस्तै पब्लिक ज्ञान ज्योतिका राज श्रेष्ठ ले आत्मघाती गोल गरे संगै शारदा सिस्ने ले २-१ को जित निकाल्न सफल भयो । पब्लिक ज्ञान ज्योती को तर्फ बाट अरुण लहरे ले सान्त्वना गोल गरे । १० बिधालयको सहभागिता रहेको प्रतियोगितामा डिभाइन टेम्पल एकाडेमी तृतीय स्थान हात पार्न सफल भयो ।  यसैबिच प्रतियोगिताको समापन समारोह नेशनल प्याब्सन तुलसिपुर नगर कमिटिका अध्यक्ष भोज राज न्यौपाने को अध्यक्षता तथा नेशल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डागिको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेल समितिका संयोजक अमर नेपाली माईकलको बिशिस्ट आतिथ्य मा भएको थियो ।

सो अबसरमा कार्यक्रम का प्रमुख अतिथी डागी,बिशिस्ट अतिथी माईकल, नेशन प्याब्सन का केन्द्रिय प्रकाश कुमार शर्मा, प्याब्सन दाङ का उपाध्यक्ष बिजय जि.एम.लगाएत ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।  कार्यक्रम को संचालन नेशनल प्याब्सन का तुलसिपुर नगर कमिटिका सचिब मेघ राज पोख्रेल ले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०७६ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया