मनमोहन रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु

तुलसीपुर, ६ कात्तिक 

द्धितिय मनमोहन स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता बुधबारदेखि तुलसीपुर उपमहागनरपालिका–१५ कोठरीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य कोमल वलीले राष्ट्रिय खेलाडी उत्पादन गर्न सरकारले ठूलो लगानी गरेको बताउनुभयो । खेलाडी राष्ट्रका सम्पति भएको बताउदै उहाँले मानसीक र शारिरीक रुपमा समेत खेल क्षेत्रले स्वस्थ बनाउन ठूलो भूमिका खेल्ने भएकाले पछिल्लो समय यसको महत्व अझै बढेको बताउनुभयो ।

तुलसीपुर उपमहागनरपालिका–१५ का वडाध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा नेपाल कम्युनष्टि पार्टी नेकपाका प्रदेश कमिटी सदस्य रामबहादुर दहित, जिल्ला कमिटी कार्यालय सदस्य हुकुम बस्नेत, प्रेम बस्नेत, नबराज पुन लगाएतले पछिल्लो समय युवा पुस्तामा खेलप्रतिको मोह बढ्दै गएको बताएका थिए । वडा सदस्य झुपलाल बुढाथोकीएको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको सहजीकरण वडा सदस्य जानका रेग्मीले गर्नुभएको थियो ।

तीन दिनसम्म संचालन हुने प्रतियोगितामा ११ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पहिलो दिन कुरहरीयाले कञ्जवारलाई एकका बिरुद्ध ४ गोल अन्तरले पराजीत गर्दै (१–४) बिजयी सुरुवात गरेको छ ।

 

 

प्रकाशित मिति : २०७६ कार्तिक ६ गते बुधवार
प्रतिक्रिया