तुलसीपुर १ मा दोस्रो वडाध्यक्ष कप सरु

तुलसीपुर,५ कार्तिक । राष्ट्रिय सभा सदस्य कोमल ओलीले देश विकासको लागी खेल क्षेत्रको विकास अपरीहार्य रहेको बताएकि छिन । खेलका माध्यमबाट नै समृद्धि हासिल गर्न सकिने भएको हुदा यसको विकास गर्नुपर्नेमा उनको जोड थियो । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १ मा आज देखि सुरु भएको दोस्रो वडाध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।

सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको हुदा श्वास्थ्यका लागि पनि खेल प्रति युवाहरुको चासो हुनुपर्ने उनले बताएकी थिईन । खेलकुद प्रतिको रुचि बढाउदै लग्न सके हरेक मानिस श्वस्थ्य रहन सक्ने उनको भनाई थियो । विश्वसामु देशलाई चिनाउने माध्यम पनि खेलकुद भएको हुदा खेलक्षेत्रमा राज्य लगानि गर्दै गएको बताईन ।

वडाध्यक्ष लक्ष्मण भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानरका खेलकुद संयोजक अमर नेपाली, जिल्ला युवा परीषद्का अध्यक्ष शुरेस रावत,पारीवारीक निजि बन महासघका केन्द्रीय अध्यक्ष जोगराज गिरी,नेकपाका नेता मेघराज भुषाल,सिमा न्यौपाने लगायतले बोलेका थिए । वडा सदस्य तथा खेल संयोजक तिलकराम हमालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण वडाका कर्मचारी पुरन चन्द्र आचार्य गरेका थिए । यसैविच,उदघटन खेल अन्र्तगत पुरुष भलिवलमा झरना टोल विकास संस्था र अविभारा टोलले विजयी सुरुवात गरेका छन । झरणा र पोखरी टोलका विच भएको प्रतियोगितामा झरना विजयी भएको हो ।

त्यस्तै रामनगर र अभिभारा विचमा भएको खेलमा अभिभारा विजयी भएको छ । त्यसैगरी, पुरुष फुटवलमा लालिगुरास टोल र मिलनटोलका विच भएको खेलमा लालिगुरास विजयी भएकोे छ । उस्ले मिलनटोल विकास संस्थालाई १–० ले पराजित गरेको हो । प्रतियोगिता ७ गते सम्म सञ्चालन हुने छ ।

प्रतियोगितामा पुरुष भलिवलमा ७, महिला भलिवलमा ५, पुरुष फुटवलमा ७ वटा टिमको सहभागिता रहेको छ । यस्तै,महिला कुर्सिदौडमा १७, महिला घैटाफोडमा १७, डोरी तान्नेमा १४÷ १४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम ,द्धितिय र तितृय हुनेलाई नगद,मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैविच उद्घाटन अवसरमा भएको झाकि तथा मार्च पासमा रामनगर टोल प्रथम, मनकामना द्धितिय, मावि भ्युडहर तृतिय र लालिगुरास टोल विकास संस्था सान्वना भएका थिए ।।

प्रकाशित मिति : २०७६ कार्तिक ५ गते मङ्गलवार
प्रतिक्रिया