टि-ट्वान्टी क्रिकेटमा कपुरकोटको जीत

सल्यान, ३० असोज । सल्यान क्रिकेट संघको आयोजनामा सल्यान खलंगामा जारि जिल्ला स्तरिय दोश्रो टि ट्वान्टी क्रिकेट प्रतियोगितामा कपुरकोटले श्रीनगरलाइ पराजित गरेको छ । लिग चरणको खेलमा बुधबार श्रीनगरलाई ५७ रनले पराजित गर्दै कपुरकोट सेमि फाइनलमा प्रवेश गरेको हो । १२१ रनको लक्ष्य पछ्याउने क्रममा श्रीनगर ६३ रनमा अल आउट भएको आयोजकले जनाएको छ ।

श्रीनगरलाई सस्तैमा समेट्न कपुरकोटका खेलाडि विकाश शर्मा एक्लैले ५ वीकेट लिदै म्यान अफ द म्याच भए । १२० रन बनाउने क्रममा आयुश शर्माले २७ बलमा २५ रन र भुपेन्द्र यरीले २० बलमा २४ रनको पारि खेलेका थिए । यस्तै आज नै भएको लिग चरणको पहिलो खेलमा शा।न।पा १२ ले लंग ग्रिन रिभर क्रिकेट टिम सल्लीलाई पराजित गरेको छ ।

१०१ रनले सल्लीलाइ पराजित गर्दै शानपा १२ पनि सेमि फाइनलमा प्रवेश गरेको छ । यस्तै विहिबार कपुरकोटको टिमले लिग चरणको दोश्रो खेल शारदा वारियर्स संग खेल्दै छ । विहिबार नै लंग ग्रिन रिभर क्रिकेट टिम सल्ली र हाम्रो क्रिकेट टिम खलंगा विच प्रतिष्पर्धा हुँदै छ । सदरमुकाम खलंगाको लुहापिङमा जारी खेल कार्तिक २ गते सम्म जारी रहने आयोजकले जनाएको छ। क्रिकेट खेल्न खलंगा जानु अघि कपुरकोट गाउँपालिकाले बुधबार विहान कपुरकोटका खेलाडिहरुलाइ खेल पोषाक वितरण गरेको थियो ।

प्रकाशित मिति : २०७६ असोज ३० गते बिहिवार
प्रतिक्रिया