तुलसीपुरमा अर्को यातायात प्रालि खुल्यो

बसन्त पौडेल, तुलसीपुर ५, असोज । पर्यटन विकासमा सघाउ पु्याउने उद्देश्य राखेर दाङकोे तुलसीपुरमा सिद्घ चमेरे गुफा यातायात प्रा.ली.को शनिवार एक कार्यक्रमका विच उद्द्घाटन गरीएको छ । यो प्राली को स्थापना संगै अव दाङको तुलसीपुरमा अटो व्यवसायीहरु को प्रा.ली को सङ्ख्या ४ पुगेको छ ।

तुलसीपुर उपमहानगरपालीका वडा नं ४ मुलकोटमा रहेको दक्षिण यसीयाकै ठुलो गुफाको रुपमा हेरीने सिद्घ चमेरे गुफाको पचार प्रसार गरी साविकको हलवारलाई चिनाउने उद्देश्य लिएर यातायात प्रालि को नामाकरण गरीएको हो ।
प्रा.लि का अध्यक्ष अकवर घर्तिको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालीकाका कार्यपालीका सदस्य अमर नेपाली (माइकलको) प्रमुख आतीथ्यता तथा वडा नं ४ का वडा अध्यक्ष वालकृष्ण राणा एवं सिद्घ चमेरे गुफा व्यवस्थापन समितीका अध्यक्ष भुप वहादुर पुनको विशिष्ठ आतिथ्यतामा उद्घाटन कार्यक्रम कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपालीले धार्मीक तथा पर्यटकिय पहिचान वोकेर स्थापीत प्रा.ली ले पर्यटकिय सम्भावना वोकेका सिद्घ चमेरे गुफा,वेत्रावतिमन्दिर,कैलाशधाम नोगेश्वर शिव मन्दिर तथा सुकिदहको पचारप्रसार मा अभाव भैरहेका वेला पर्यटन विकासमा सहयोग पुग्ने वताउनुभएको थियो। अटो व्यवसायीहरु कति सुरक्षीत छौ?,वैधानीक छ छैन ?भन्ने कुरामा गम्भीर भएमात्र यो व्यवसाय दिर्घकालीन रुपामा सञ्चालन गर्न सकिने वताउनुभयो।

तुलसीपुर उपमहानगरपालीकाले अटो व्यवसायीहरुलाई थप व्यवस्थीत गर्न छुट्टै कार्यविधि निर्माण गर्ने तयारीमा रहेको वताउदै यसरी अघि वढे विधि र प्रक्रिया अनुसार सञ्चालन गर्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो। विदेशमा पाएको दुःख विर्सन पछिल्लो समय स्वेदश फर्कि अटो किनेर गाँउगाँमा एम्वुलेन्सको रुपमा अहोरात्र सामाजिक सेवामा खटिने अटो र चालकको को विषयमा प्रशंसा गदै कार्यक्रममा वोल्ने अधिकांश वक्ताहरुले अटो व्यवसायीहरुको हकहितका लागी यस क्षेत्रमा प्रा.ली स्थापना हुन स्वागत योग्य रहेको वताएका छन ।

कार्यक्रममा वोल्ने वक्ताहरुले पछिल्लो समय भाडामा एकरुपता नभएको भन्दै अटो व्यवसायीहरुलाई भाडादर समायोजनामा धयन दिनुपर्ने वताएका थिए। कार्यक्रममा तुलसीपुर उपमहानगरपालीका वडा नं ४ का वडा अध्यक्ष वालकृष्ण राणा, सिद्घ चमेरे गुफा व्यवस्थापन समितीका अध्यक्ष भुप वहादुर पुन, वडा नं ७ का वडा सदस्य राम वहादुर जि.सी, राष्ट्रिय जनमोर्चाका जिल्ला सह–सचिव ऋषिराम पौडेल,ने.क.पा वडा नं ७ का अध्यक्ष प्रेम प्रसाद खनाल,छहरा यातायात प्रा.लिका अध्यक्ष गंगाराम वली,सार्वजनिक मालीका कालीका यातायात प्रा.लिका अध्यक्ष दिलिप वि.क, विजौरीका ट्राफिक प्रहरी प्रमुख डिल्लीराज आचार्य लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

प्रा.लि का सचिव तारा अधिकारीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा संस्थाका सल्लाहकार तिलकराम भण्डारीले विषय प्रवेश गराउनुभएको थियो भने कार्यक्रमको सहजिकरण सुन्दरवस्ती टोलका सचिव शालीकराम गौतमले गर्नुभएको थियो। सिद्घ चमेरे गुफा यातायात प्रा.ली मा हाल ४० अटो हरु सञ्चालनमा रहेका छन ।

 

प्रकाशित मिति : २०७६ असोज ५ गते आइतवार
प्रतिक्रिया