राप्ती प्रादेशिक अस्पतालमा थन्कीयो सिकलसेल परीक्षण मेसिन

तुलसीपुर, २६ भदौ ।
राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा सिकलसेल एनिमियाको परीक्षण गर्ने मेसिन महिनौदेखि थन्कीएको छ । अस्पतालले गएको असार देखि सिकलसेलको परीक्षण सेवा सुरु गरेपनि अहिले सम्म कोही पनि नआएको अस्पतालले जानकारी दिएको छ । एचबी ईलोक्ट्रो फोरेसिस मेसीनले सिकलसेल एनिमियाको चेकजाँच गर्ने गर्दछ ।
तुलसीपुर उपमहागनरपालिकाको कार्यालय र ५ नं प्रदेश सरकारको १८ लाख लागतमा उक्त मेसीन गएको जेठ महिनामा खरिद गरिएको थियो । अस्पतालले सिकलसेल अनिमियाको परीक्षणका लागि एक हजार २ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । प्रचारप्रसारको अभावका कारण उपचार सेवा लिन नआएको हुन सक्ने अस्पतालल बताएको छ ।

‘तुलसीपुर उपमहागनरपालिका, दंगीशरण र शान्तिनगर गाउँपालिकासंग मेरो कुरा भएको छ’, अस्पतालका मेडिकलसुपरीटेन्डेन्ट सर्वेश शर्माले भन्नुभयो – उहाँहरुले आगामी बर्षमा नीति तथा कार्यक्रममा नै राखेर प्रचारप्रसार गर्ने बताउनुभएको छ ।’

सिकलसेलको सेवा सुरु गरेपछि अस्पतलमा १५ जनाले सिकलसेल एनिमियाको चेकजाँचका गरेका छन् । ‘मेसिनले ठिक या गलत कस्तो रिर्पोट दिन्छ भनेर सिकलसेलका बिरामीलाई ल्याएर चेकजाँच गरेका हौ,’ मेसु शर्माले भन्नुभयो–‘उनिहरु आफै आएका होइनन् । सिकलसेलको उपचार गरिरहेका बिरामी पत्ता लगाएर बोलाएका थियौ।’ अपेक्षा गरे अनुसार बिरामी नआउदा अफुहरु चकित परेको मेसु शर्माले बताउनुभयो । राप्ती प्रादेशिक अस्पतालमा परीक्षण मेसिन भएपनि प्रचारप्रसारको अभामा लक्षित वर्गलाई थाहा नहुदा परीक्षणकालागि मात्रै उनिहरुको समय र आर्थिकको नोक्सानी भइरहेको छ ।
सिकलसेल एनिमिया परीक्षण गर्ने एचबी ईलोक्ट्रो फोरेसिस मेसिन पश्चिम नेपालमा दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र भेरी अस्पतला नेपालगंजमा मात्र छ । भेरी अस्पतालमा भएको मेसिन पनि अहिले बिग्रेर थन्कीएपछि चेकजाँचका लागि बिरामीहरु काठमान्डौ जानबाध्य भएको पत्रकार रुद्र सेवेदीले जानकारी दिनुभयो । गएको माघ महिनामा बिग्रीएको मेसिन मर्मतका लागि अस्पतालले कुनै चासो नदिएको पत्रकार सुवेदीले बताए ।

५नं. प्रदेशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र नेपालगंजको भेरी अस्पतालमा एक लाख रुपैयाँ सम्मको निशुल्क उपचार गर्ने सकरकारले व्यवस्था गरेको छ । प्रतितष्ठानमा अहिले एक सय ४८ जना बिरामीले उपचार सेवा लिइरहेका छन् । यति ठूलो संख्यामा उपचार सेवा लिने ठाउँमा परीक्षण मेसीन नहुँदा बिारामी समस्या भोग्नु परेको प्रतिष्ठानका डिन वसन्त लामीछानेले बताउनुभयो ।

केहो सिकलसेल ?
सिकलसेललाई वंशानुगत रोग पनि भन्ने गरिन्छ । यो रोग आमाबाबु दुबैमा भए सन्तानमा पनि संक्रमित हुने धेरै सम्भावना रहन्छ ।
सिकलसेल एनिमिया रगतको रातो रक्तकोषभित्र रहने र हेमोग्लोबिनलाई असर पार्ने वंशानुुगत रोग हो । सिकलसेल भएपछि रगतको कोषिकाले हँसियाको आकार लिन्छ । यो गरोग लागेका बिरामीको रगतमा अक्सिजनको कमी भई भित्री अंगमा नोक्सानी हुनुका साथै मस्तिष्क स्ट्रोक हुन सक्ने र दुखाइ पनि एकदमै कडा हुन्छ ।

स्वस्थ व्यक्तिमा रगतको सेल गोलो आकारको हुन्छ भने सिकलसेल एनिमिया भएको व्यक्तिको हँसिया आकारको हुन्छ । यो रोग लागेमा जोर्नीमा धेरै पीडा हुन्छ । हाल नेपालमा थारू समुदायमा मात्रै देखिएको यो रोग विस्तारै सबै जातमा यो रोग देखिन थालेको छ । तर धेरै संख्यामा थारूहरूमा देखिएको छ । पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका थारु समुदायमा यो रोग बढी रुपमा देखा परेको छ ।

 

प्रकाशित मिति : २०७६ भाद्र २६ गते बिहिवार
प्रतिक्रिया