२०८३ बैशाख ११ गते शुक्रवार

सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ

काठमाडौं

बहुचर्चित सुडान घोटाला काण्डका दोषी शम्भु भारती पक्राउ परेका छन् । नेपाल प्रहरीको सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामाग्री खरिदमा भएको घोटाला प्रकरणका दोषी भारतीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरस्थित घरबाटै पक्राउ गरेको हो । उनलाई आजै सर्वाेच्च अदालत पेस गरिने प्रहरीले जनाएको छ । भारतीले सुडान मिसनका लागि आवश्यक सामाग्री आपूर्ति गरेका थिए ।

सर्वोच्च अदालतले दोषी ठहर गरेपनि भारती लामो समयदेखि फरार रहेका थिए । सुडान मिसनका लागि सामान किन्दा २८ करोड ४० लाख भ्रष्टाचार भएकोमा सर्वाेच्च अदालतले उनलाई एक बर्ष कैद र १४ करोड २० लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

सर्वोच्च अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो
भारती निर्माण कम्पनी अस्योर्ड रिक्स लिमिटेड, लन्डनका स्थानीय प्रतिनिधि एवं भगवती ट्रेडर्सका सञ्चालक थिए । सर्वोच्च अदालतले २०६४ को बहुचर्चित सुडान घोटाला प्रकरणलाई राष्ट्रिय लज्जाको विषय भनी व्याख्या गरेको थियो ।

प्रकाशित मिति : २०७६ भाद्र १३ गते शुक्रवार
प्रतिक्रिया