सो अवसरमा ग्रिन फाउण्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले नेपालका सामुदायिक वन समुहको अवस्था, वन प्रमाणीकरणका लागि हुने कानुनी अड्चन लगाएतका विषयमा जानकारी गराएका थिए । त्यैसगरि कार्यक्रममा फिनिस एग्रीएजेन्सी एफ. एफ. डिले संचालन गरेको कार्यक्रमका विषयमा अमृतपुर सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष टेकनाथ कँवरले प्रष्ट्याएका थिए भने नवदुर्गाा सामुदायिक वनको गतिविधीका बारेमा वन समूहका अध्यक्ष इन्द्रजीत चौंधरी र सचिव नन्दकला केसीले जानकारी गराएका थिए ।
सो अवसरमा सामुदायिक वन समुहमा स्थापना गरिएको प्रदर्शनी प्लट, नर्सरी, पानी पोखरीको समेत अनुगमण गरिएको थियो । ग्रिन फाउण्डेसन नेपालका कार्यक्रम अधिकृत रिता पराजुलीले सहजीकरण गरेको कार्यक्रममा इलाका वन कार्यालय तुलसीपुरका रेञ्जर दिपेन्द्र देवकोटा, रेडियो प्रकृतिका समाचार सम्पादक ओपेन्द्र बस्नेत, अमृतपुर समाजिक उद्यमी सहकारी संस्थाका कार्यक्रम संयोजक विद्याराज कडेल लगाएतले आआफना भनाई राखेका थिए ।
प्रकाशित मिति : २०७३ चैत्र ३१ गते बिहिवार




टिप्पणी तथा प्रतिक्रिया
यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।