अवैध सम्बन्ध लुकाउन सासुकाे टाउकाेमा गडाँसी प्रहार

तुलसी भण्डारी

वीरगन्ज । सासु ससुराको आँखा छल्दै परपुरुषसँग अवैध सम्बन्ध राखेकी एक बुहारीले सम्बन्धवारे सासुले थाहा पाएपछि सासुमाथी आक्रमण गरेकी छिन् ।

घटना पर्सा जिल्लाको हो । अवैध सम्बन्धबारे सासुले जानकारी पाएपछि बुहारीले सासुलाई गडाँसी (कुटी काट्ने धारिलो हतियार) ले टाउकोमा प्रहार गरेकी छन् । जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर २ भेडिहारी बस्ने बर्ष ५५ की राजपति देवी महरालाई उनकै बुहारी इन्दुदवेवी महराले गडाँसी प्रहार गरेकी हुन् ।

घटनका कसरि भयो ?

सुरुमा अपरिचित व्यक्तिले टाउकोमा धारिलो हतियार प्रहार गरेको कुरा सार्वजनिक भएको थियो । पर्सा प्रहरीले घटनाको अनुसन्धान गर्दै जाने क्रममा घाइते राजपति देवीलाई उनकै ३० बर्षीय बुहारी इन्दुदेवी महराले प्रहार गरेको तथ्य खुल्यो ।

पर्साका प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले भने ‘बुहारीले नै सासुको टाउकोमा प्रहार गरेकी रहिछन् ।’ शनिबार राती ३ बजे इन्दुदेवी महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इन्दुदेवीले पक्राउ परेपछि अभियोग स्वीकारेको प्रहरीले जनाएको छ । ‘परपुरुषसँगको अवैध सम्बन्ध लुकाउन यो घटना भएको रहेछ ।’ प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक शर्माले भने ।

उनीसँग स्थानीय सोनर पासवानको सम्बन्ध बाक्लिदै गएको र उनीहरु दुवैको सल्लाहमा यो घटना भएको हुनसक्ने स्थानीयको दावी छ । प्रहरीले भने पासवानका बिषयमा केही खुलाउन चाहेको छैन ।

प्रकाशित मिति : २०७६ असार २३ गते सोमवार
प्रतिक्रिया