युवाहरुको सहयोगमा सडक निर्माण

तुलसीपुर,८ असार ।
दाङको दंगिशरण युवाहरुले ब्यक्तिगत लगानिमा सडक निर्माण गरेका छन । गाँउपालीकाको वडा नम्बर २ सरुवाडाँडा चौधरी टोलमा ६ सय ५० मिटर सडक निर्माण गरिएको हो । अहिलेसम्म उक्त टोलमा कसैको नजर नपरेको अवस्थामा उनिहरुले ब्यक्तिगत लगानिमा सडक निर्माण गरिदिएका हुन । तुलसीपुर ११ बेलटाकुरा निवासि युवाहरु सुधिर जङ्ग शाह,रबिन्द्र खड्का, बमबहादुर चन्द,तुलाराम चन्दको सहयोगमा सडक निर्माण भएको हो । यस्तै,सुमन पिएम, सन्तोस ओलि र सुजन लामाको समेत सहयोग रहेको जनाईएको छ ।

सडक निर्माण भएपछि स्थानियहरु खुसीले दंग भएका छन । उक्त टोलमा बाटो समेत नह्ुदा समस्या भएको थियो । अहिले सडक बनेपछि सहज भएको दुज बहादुर चौधरीले बताएका छन । झण्डै २ लाख ५० हजार लगानिमा सडक खोलेर ग्राभेल गरिएको छ । यसैविच उक्त सडकको एक कार्यक्रमक विच उद्घाटन गरिएको छ ।

दुज बहादुर चौधरीको अध्यक्षता तथा नेकपा गाँउपालीकाकासचिब धनबिर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्र भएको थियो । इन्द्रमान देवकोटाको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा सुधिर जङ्ग शाहले रिवन काटेर सडकको उद्घाटन गरेका थिए । कार्यक्रममा सडक निर्माण गर्न सहयोग गरेको भन्दै खादा लगाएर उनिहरुलाई सम्मान गरिएको थियो । सो अवसरमा डम्बर खत्री, मोहन बिक, अध्यक्ष यसोदा घिमिरे लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण लाल बहादुर गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार ८ गते आइतवार
प्रतिक्रिया