तुलसीपुर, २० जेठ । सल्यानको कालिकाटी गाउँपालिका वडा नम्वर ६ मा निशुल्क सोलार वितरण गरिएको छ । उज्यालो गाउँघर कार्यक्रम अन्र्तगत वडाका अति विपन्न तथा पिछडीएका घरपरिवारलाई सोलार वितरण गरिएको हो । वडाका ५० घरधुरीलाई वडा अध्यक्ष टेकराज पुलामीले एक कार्यक्रमका विच हस्तान्तरण गरेका हुन् ।आशा संस्था सल्यानको सहयोगमा प्रतिघर परिवारलाई साढे चौध हजार मुल्य बराबरको ५० वाट क्षमताको सोलार वितरण गरिएको हो ।
प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार





