दाहसंस्कारमा गएका एक जनाको राप्ती नदीमा डुवेर मुत्यु

दाङ, ३० बैशाख । दाङमा दाह सस्कारमा सहभागी हुन पुगेका एक ब्यक्तिको राप्ती नदिमा डुवेर मृत्यु भएको छ । लमही नगरपालिका वडा नं. ९ अमिलिया निवासी ६२ बर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका राजपुर गाउँपालिका वडा नं. ७ का ५२ बर्षीय कर्णबहादुर घर्तीको सोमवार विहान ११ वजेतिर राप्ती नदीमा डुवेर मुत्यु भएको हो । दुवै मृतक नाताले आमा छोरा पर्दछन्् ।
राप्ती नदिमा दाह संस्कार पछि नुहाउने क्रममा घर्ति नदीमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । नदीमा डुवेर बेपत्ता भएका घर्तिको खोजी गर्ने क्रममा दिउँसो ३ बजेतिर ५० मिटर दुरी टाढा दक्षिण तर्फ मृत अबस्थामा फेला परेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : २०७६ बैशाख ३० गते सोमवार
प्रतिक्रिया