पश्चिम दाङमा कांग्रेस निकट व्यवसायीको वृहत भेला गरिदै

तुलसीपुर, २५ बैशाख / पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगनकुमार थापा लगाएत केन्द्रिय नेताहरु दाङ आउनुहुने भएको छ । प्रजातान्त्रीक उद्योगबाणिज्य संघले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर पश्चिम दाङको श्रीगााउँमा बैशाख २८ गते हुन लागेको व्यवसायीहरुको भेलालाई सम्बोधन गर्न थापा सहित पूर्व सिचाईमन्त्री दिपक गिरी, विद्यार्थी नेता कुन्दन काफले लगाएतका नेता आउन लागेको जानकारी गराएको हो । कार्यक्रम स्थलमा हजारौं नेता तथा कार्यकर्ता उपस्थित बनाउने तयारी गरेको प्रजातान्त्रीक उद्योगबाणिज्य संघले कार्यक्रम स्थल सम्म सहज रुपममा पुग्नका लागि निशुल्क यातायातको व्यवस्था समेत गरेको बताको छ ।
सहर बजारको ठाउँलाई भन्दा पनि ग्रामिण भेगमा रहेका काँग्रेस विचारधारा नेता तथा कार्यकर्ताहरुलाई समसामयिक राजनीतिक परिस्थीति, र व्यवसायीक हक हित र यसले राष्ट्रिय स्तरमा पार्ने प्रभावका बारेमा प्रशिक्षित बनाउन कार्यक्रमको आयोजना गरिएको आयोजक प्रजातान्त्रिक उद्योगबाणिज्य संघका अध्यक्ष जनक खरालले जानकारी दिनुभयो । ‘राजनीतिक नेतादेखि व्यवसायीक नेताहरु पनि आउँछन,’ अध्यक्ष खरालले भन्नुभयो – ‘अधिकाँस कार्यक्रमहरु ठूलठूला सहरमा मात्रै हुन्छन । तर हामी गाउँमै जन्मेकाले गाउँमै कार्यक्रम गर्ने सोच बनायौं ।’ पत्रकार सम्मेलनको सहजीकरण संघका महासचिव झलक केसीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७६ बैशाख २५ गते बुधवार
प्रतिक्रिया