जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एउटाको जग्गा अकैको नाममा पास

दाङ, १८ बैशाख । रुपन्देहीको कोहटीमाई गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र भूमाफिया मिलेर एक महिलाको जग्गा अकैको नामा पास गरेको पाईएको छ ।कोटहीमाई गाउँपालिका वडा नम्बर ४ वयरघाटकी कमलावती पालको ३३ कठ्ठा साढे ८ धुर जमिन सोही वडाका वडाअध्यक्ष ओमप्रकाश पाण्डेय, मालपोत कार्यालय मर्चवारका कर्मचारी र ६ जना भूमाफियाले नामसारी गरेको पाईएइको हो ।
कमलावतीको घरमै गएर श्रीमानको नामको जग्गा तपाईंको नाममा गराइदिन्छौं भन्दै उनीहरुले जग्गा राजेस पाण्डेको नाममा पास गरेको रहस्य खुलेको छ ।मालपोतको तथ्यांकअनुसार वडाअध्यक्ष पाण्डेयले आफ्नै छोरा राजेश पाण्डेयको नाममा ५ कठ्ठा ११ धुर जमिन पास गराएका छन् ।
प्रशासनले यसबारे आवश्यक प्रक्रिया अघि बढाएको सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो ।यसरी जनप्रतनिधि र कर्मचारी मिलेर एउटाको जग्गा अकैको नाम बनाई दिएको भन्दै स्थानिय आक्रोसित बनेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख १८ गते बुधवार
प्रतिक्रिया