कुटपिट गरी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरी सार्वजनिक

तुलसीपुर १६ बैशाख ।कुटपिट गरी हत्या गर्ने एक अभियुक्तलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । गत बैशाख ४ गते सल्यान कपुरकोट गा.पा. वडा नं. ६ खोलीगाउँ बस्ने वर्ष ३९ का श्याम भन्ने फौद बहादुर भण्डारीलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोहि गाउँपालिका वडा नम्वर ५ बस्ने वर्ष २५ को निर्मल बुढालाई पक्राउ गरी सल्यान प्रहरीले सोमवार सार्वजनिक गरेको छ ।
हत्या गरी फरार रहेका बुढालाई विषेश सुचनाको आधारमा प्रहरीले गत बैशाख ९ गते पक्राउ गरेको थियो । पक्राउ परेका अभियुक्त वुढालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागी ईलाका प्रहरी कार्यालय लुहाम सल्यानको हिरासतमा राखीएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।घटनाको अनुसन्धानका क्रमा मृतक भण्डारी र आरोपित बुढा विच पुरानो रिसिबीका कारण घटना भएको बुझिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ बैशाख १६ गते सोमवार
प्रतिक्रिया