तुलसीपुर, ११ बैशाख
तुलसीपुर उपमहानगरपालिका –५ स्थित रानीजरुवा नजिकै न म छु बौद्ध गुम्बाको निर्माणको कार्य सुरु भएको छ । दाङ क्षेत्र नं ३ का सांसद हिराचन्द्र केसीको सांसद क्षेत्र विकास कोषबाट विनियोजित १० लाख बजेटबाट गुम्बाको निर्माण कार्य सुरु गरिएको हो । गुम्बा निर्माणको सिलन्यास तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीले गरेका थिए । गुम्बा निर्मणको लागि ५० लाख बजेट आवश्यक पर्ने भएपनि पहिलो चरणमा १० लाखको काम सुरु गरिएको गुम्बा निर्माण उपभोक्ता समितिका अध्यक्ष राजबहादुर घर्तील जानकारी दिए । तुलसीपुर क्षेत्रमा एउटा मात्रै गुम्बा रहेको छ । यसैविच उपभोक्ता निर्माण समितिले थप बजेटका लागि स्थानीय तह देखि प्रदेश र संघलाई अपुग रकमका लागि माग गर्ने निर्णय समेत गरेको छ ।
प्रकाशित मिति : २०७६ बैशाख ११ गते बुधवार





