आठौं राष्ट्रिय खेलकुद: आज देखी महिला क्रिकेटको सेमिफाइनल, फुटबलको सेमिफाइनल भोली देखि

लक्ष्मण बस्नेत, दाङ, ८ वैशाख । 
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङको लमहीमा सोमबारदेखि सेमिफाइनलका खेल हुने भएका छन् ।
फाइनलमा पुग्न एपीएफ र प्रदेश नम्बर २, यसैगरी प्रदेश नम्बर १ र सुदूरपश्चिम प्रदेशका बीचमा सेमिफाइनल खेल हुने छ । पहिलो खेल एपीएफ, प्रदेश नम्बर २ र दोस्रो खेल प्रदेश नम्बर १ र सुदूरपश्चिमका बीचमा हुने छ । प्रदेश ३ लाई हराउँदै सुदूरपश्चिम सेमिफाइनलमामा प्रवेश गरेको हो ।
टस जितेर व्याटिङ्ग गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको थियो ।
सुदुरपश्चिम प्रदेशकी कविता जोशीले अर्धशतक बनाइन् । १२८ रनको लक्ष्य लिएर मैदानमा उत्रीएको प्रदेश नम्बर ३ सबै विकेट गुमाएर १८ ओभरमा जम्मा १०८ रन बनाउन सक्यो ।
महिला क्रिकेट प्रतियोगितामा एउटा बिभागीय टिमसहित कर्णाली प्रदेश बाहेक ६ ओटा प्रदेशगरी ७ टिमले भाग लिएका थिए । फाइनल प्रवेशका लागि सोमबार दुवै सेमिफाइनल खेल हुने छन् । विहान हुने पहिलो खेलमा एपीएफ र प्रदेश २ तथा प्रदेश १ र सुदूरपश्चिम प्रदेश भिड्ने छन् ।
दाङको तुलसीपुरमा कराँते जारी
यसैगरी तुलसीपुरको बहुउदेश्यीय कर्भडहलमा जारी कराँते प्रतियोगिताको पुरुष ५५ के.जी. तौल समुहमा प्रदेश नं ३ का विजय श्रेष्ठले स्वर्ण पदक जिते । त्यस्तै प्रदेश नं १ विवेक थापाले रजत पदक जित्दा प्रदेश नं २ का दिनेश बहादुर घिसिङ र एपिएफका लक्ष्मण तामाङले कास्य पदक हात पारे । त्यस्तै पुरुष ८४ के.जी.माथी तौल समुहमा प्रदेश नं ३ का विपिन राज सिं ले स्वर्ण पदक हात पार्दा प्रदेश नं १ का सागर साउतले रजत पदक जित्दा प्रदेश नं २ का सुरेश श्रेष्ठ र प्रदेश नं ७ का सागर शाहीले कास्य पदक हात पारे ।

त्यस्तै महिला ६८ के.जी तौल समुहमा नेपाल प्रहरीकी अनुपमा मगरले स्वर्ण पदक हात पारिन् । त्यस्तै नेपाली सेनाका रिता कार्कीले रजत जित्दा एपीएफका एरिका गुरुङ र एन. आर.एन.की शान्ति अधिकारीले कास्य पदक हात पारे । त्यसैगरी पुरुष एकल कातामा नेपाल प्रहरीका मादेकाजी श्रेष्ठले स्वर्ण पदक जिते ।
महिला फुटबलको सेमिफाइनल मंगलबार देखि
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत दाङको बेलझुण्डीमा मंगलबार देखि सेमिफाइनलका खेल हुने भएका छन् ।
फाइनल प्रवेशका लागि प्रदेश नं ३ र नेपाल आर्मी तथा एपीएफ र नेपाल प्रहरी भिड्नेछन् । पहिलो सेमिफाइन खेल विहान ८ बजे हुनेछ भने दोश्रो खेल दिउसो २ बजे पछी हुनेछ ।  यस्तै आईतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा प्रदेश नं ७ विजयी भएको छ ।
त्यस्तै आईबार सम्पन्न महिला ४२ के.जी. कुमुते तर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक हात पारेकी छन् । त्यस्तै नेपाली सेनाकी कुशुम खड्काले रजत जित्दा प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले रजत पदक हात पारे ।

त्यस्तै ५० केजी महिला कुमुते तर्फ नेपाली सेनाकी मिस्ली श्रेष्ठले स्वर्ण जितिन् । त्यस्तै एपीएफकी अनु अधिकारीले रजत जित्दा प्रदेश नं २ की एलिशा तामाङ र प्रदेश नं ३ की सविना श्रेष्ठले कास्य जिते । त्यस्तै ५० केजी पुरुष कुमुते तर्फ नेपाल प्रहरीका सोनाम लामाले स्वर्ण जिते । त्यस्तै एपिएफका विर बहादुर तामाङले रजत जित्दा प्रदेश नं ३का साजन मोक्तान र नेपाली सेनाका विश्व खत्रीले कास्य पदक हात पारे ।

प्रकाशित मिति : २०७६ बैशाख ९ गते सोमवार
प्रतिक्रिया