२०८३ भाद्र २४ गते बुधवार

सन्दीपको उत्कृष्ट प्रर्दशनमा दिल्ली विजयी

कप्तान श्रेयर ऐर र शिखर धवनको अर्ध शतक तथा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा दिल्ली क्पायिटल्सले किंग्स इलाभेन पन्जावलाई ५ विकेटले पराजित गरेको छ । शनिवार राती सम्पन्न आईपीएलको ३७ औं खेलमा किंग्सइलाभेन पन्जावलाई ५ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको छ । १ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे । शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए । धवनले कप्तान श्रेयस ऐरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । चौथो ओभरको पहिलो बलमा धवनसँग रनको तालेमल नमिल्दा पथ्वी शा १३ रनमा रन आउट भए । कोलिन इनग्राम १९,ऋषभ पन्त ६ र अक्षर पटेल १ रनमा आउट भए । पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए । चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।
प्रकाशित मिति : २०७६ बैशाख ८ गते आइतवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।