तुलसीपुर, १३ चैत । नेपाल नेत्रज्योति संघको ४१ औं स्थापना दिवसको अवसरमा आज विहान तुलसीपुरमा प्रभात फेरीको आयोजना गरीएको छ । नेपाल नेत्रज्योति संघ दाङको आयोजनामा तुलसीपुर बजारमा प्रभात फेरी गरिएको हो । ¥यालीले तुलसीपुर बजारको विभिन्न भाग परिक्रमा गरेको हो । ¥यालीमा राप्ती आँखा अस्पताल रक्षाचौरमा कार्यरत कर्मचारी, अध्ययनरत विद्यार्थी, संघ संस्थाहरुको सहभागिता रहेको थियो । साथै सो अवसरमा आज विहान साढे ९ वजे दिवस मनाउने र ११ वजे पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको राप्ती आँखा अस्पताल रक्षाचौरका सुचना अधिकारी बालाराम खड्काले जानकारी दिएका छन् ।
प्रकाशित मिति : २०७५ चैत्र १३ गते बुधवार






