अर्जुन परियार,हापुरे, १० चैत ।
बबई गाउँपालिकाको अब्यबस्थित सडकको निरिक्षण गरिएको छ । सडक निर्माण प्रति स्थानियको असन्तुष्ट बढ्दै गएपछिे दाङको बबई गाउँपालिका हापुरेमा बढेकोे बिबाद समाधानका लागी प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रशाद रिजालको टोलीले निरिक्षण गरको हो ।
सडक निरिक्षण संगै बिबादित बिषय पनि साम्य भएको छ । बबई गाउँपालिका हापुरेको सडक निर्माण फरक फरक तरिकाले भएको भन्दै स्थानियहरुले गुनासो गर्न थालेपछि बबई गाउँपालिकाको मध्यस्ततामा बिबाद समाधान भएको हो ।
यस संगै साघुरो सडकलाई खुल्ला बनाई दुबैतिर नाला निर्माण हुने भएको छ । आज बबई गाउँपालिकाको कार्यालयमा प्रमुख जिल्ला अधिकारी रिजाल सहित नेपाल बिद्युत प्राधिकरण तुल्सिपुरका प्रमुख दिपकजंग चौधरी सडक डिभिजन कार्यलयका प्रमुख बद्रीप्रसाद शर्मा, बबई गाउपालिकाका अध्यक्ष भुबनेश्वर पौडेल वडा अध्यक्षहरु लगायत स्थानियहरुको सहभागितामा भएको छलफलमा सडक निर्माणमा भएको कमजोरीलाई सुधार्दै निर्माण कार्यलाई अगाडि बढाउने सहमती भएको हो ।
त्यस्तै हापुरे बजारमा रहेका बिद्युतका पोलहरु पनि छिट्टै सारिने भएको छ । बिद्युत कार्यालय र सडक डिभिजनको पोल सार्ने सम्बन्धमा सहमती भएकोले पोल सार्ने काम लगत्तै सुरुहुने बताइएको छ ।।





