२०८३ असोज ५ गते सोमवार

आइपीएल क्रिकेटमा आज दुई खेल हुने,कोलकाताको शानदार जित

चैत्र २६ । आइपीएल क्रिकेटमा आज दुई खेल हुनेछन् । आजको पहिलो खेलमा किङ्स ईलेभेन पञ्जाव र राईजीङ पुने सुपरजाईन्ट्स भिड्दा दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर र दिल्ली डेयरडेभिल्स भिड्नेछन् । यसै विच गयराति भएको खेलमा कोलकाता नाइट राइडर्सले गुजरात लायन्स माथि उत्कृष्ट जित हात पारको छ । कोलकाताले गुजरात लायन्सलाई १० विकेटले पराजित ग¥यो । खेलमा पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८३ रन बनायो । गुजरातका लागि सुरेश रैनाले अविजित ६८ रन जोड्दा दिनेश कार्तीकले ४७ रनको योगदान दिए । जवाफमा १ सय ८४ रनको लक्ष्य कोलकाताले १४ ओभर ५ बलमा बिना कुनै विकेटको नोक्सानीमा पुरा ग¥यो । कोलकातालाई जिताउन सुरुवाती व्याट्सम्यानहरु क्रिश लिनले अविजित ९३ रन तथा गौतम गम्भिरले अविजित ७६ रनको योगदान दिए ।  
प्रकाशित मिति : २०७३ चैत्र २६ गते शनिवार

टिप्पणी तथा प्रतिक्रिया

यस समाचारबारे आफ्नो विचार तथा प्रतिक्रिया राख्नुहोस्।

0 टिप्पणी

आफ्नो प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल सार्वजनिक रूपमा देखाइने छैन। आवश्यक ठाउँमा * चिन्ह छ।

सभ्य र सम्मानजनक प्रतिक्रिया राख्नुहोस्।