बंगलादेशलाई हराउँदै नेपाल बन्यो समूह विजेता

विराटनगर,२ चैत ।

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि सहज जित हात पारेको छ र समूह ए को विजेता बनेको छ । विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३-० गोल अन्तरले हराएको हो ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ३-० गोलअन्तरले पराजित गरेको थियो भने बंगलादेशले भुटानमाथि २-० को जित निकालेको थियो ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया