२०८३ जेष्ठ २७ गते बुधवार

सिरक डसना उद्योगमा आगलागी हुदा १५ लाख क्षति

तुलसीपुर, २ चैत ।
नारायणपुर स्थित सिरक डसना उद्योगमा आगलागी हुदा १५ लाख बराबरको क्षतिको भएको प्रहरीले जनाएको छ। नुवाकोट मेगङ गाउँपालिका ३ घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्वर १० नारायणपुर स्थित प्रकास न्यौपानेको घरमा अनिल गुरुङले सन्चालन गरेको उद्योगमा शुक्रवार दिउँसो विद्युत सर्ट हुदा आगलागी भएको प्रहरीले बताएको छ ।

आगलागीबाट सिरक, डसना, कपास र मेसीन सहित १५ लाख बराबरको क्षति भएको बताईएको छ । दमकल,प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया