‘नदीजन्य पदार्थको सहज आपुर्तिमा जोड’

ओमप्रकाश गुप्ता, भालुवाङ २ चैत ।
प्रदेश नं. ५ का सांसद इन्द्रजित थारुले उपभोक्ताहरुको आवश्यकतालाई मध्यनजर गर्दै नदीजन्य पदार्थको सहज आपुर्ति गर्न र यसको बैज्ञानीक उत्खनन् ब्यवस्थापन गर्न आवश्यक रहेको बताएका छन् ।

दाङ देउखुरी वातावरण पत्रकार मञ्चले देउखुरीको गढवा गाउँपालिका १ बडहरा स्थित कुलपानी सामुदायिक वनमा आयोजना गरेको पर्यावरण गोष्ठिमा बोल्दै सांसद थारुले सो कुरा बताएका हुन् । प्रमुख अतिथि समेत रहेका सांसद थारुले वन, वातावरण र जैविक विविधताको संरक्षण पहिलो कुरा भएको भन्दै संरक्षण भएमा मात्र उपभोग गर्न सकिने र उपभोगका लागि स्थानीय सरकारले ब्यवस्थापन र नियमन समेत गर्न जरुरी रहेको कताए ।

त्यस्तै कार्यक्रममा बोल्दै दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले वन वातावरण र जैविक विविधताको संरक्षण नभएमा भावी पुस्तालाई देशमा निकैठूलो संकट उत्पन्न हुने बताउदै बिकास निर्माण प्रकृयालाई ध्यान दिदै स्थानीय तहहरुले नदीजन्य पदार्थको उत्खखन्लाई ब्यवस्थित एवं नियमन गर्न समेत आवश्यक रहेको बताए ।

मञ्चका अध्यक्ष भानु जोशीको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, वन महासंघ दाङका अध्यक्ष भुपेन्द्र सुवेदी, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष एवं संरक्षणका अभियन्ता उमाकान्त पन्त, नागरिक समाज देउखुरीका संयोजक दामोदर भण्डारी, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, वन महासंघ राप्तीगाउँपालिकाका अध्यक्ष हरि भुसाल, गढवा बहुमुखी क्याम्पसका प्रमुख देवराज पाठक,ऐरावती बहुमुखी क्याम्पसका प्रमुख बिष्णु भुसाल, देउखुरी वन डिभिजन कार्यालयका सहायक वन अधिकृत छोटेलाल चौधरी, लमही वन महासंघका अध्यक्ष लक्ष्मी योगी र संरक्षण अभियन्ता सुर्यप्रसाद श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा वन वातावरण र जैविक विविधता माथी नेपाल र विश्वस्तरबाट भैरहेको अनियन्त्रीत दोहन र यसले पर्यावरणमा पार्ने असरका बारेमा तयार गरिएको कार्यपत्र आयोजक संस्थाका अध्यक्ष जोशी र जनशक्ति सामुदायिक वनका अध्यक्ष चित्र एमसीले प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र माथी नागरिक समाज दाङका उपसंयोजक निमबहादुर थापा र जनजाती नेता लिखत बहादुर रानाले टिप्पणी गरेका थिए ।

वन वन्यजन्तु र जैविक विविधताको पहिचान, प्रकृति बचाउने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा मानव सृजित कृयाकलापहरुका कारण वन वातावरण र जैविक विविधतामाथी उच्च दोहन भैरहकोले पृथ्वीमा हरितगृह ग्यासको उत्सर्जनबाट वातावरणमा ठूलो प्रभाव पारेको भन्दै अनुकुलनका कार्यक्रमहरु सहित नियमनका परिधीहरुलाई कार्यान्वयन गर्न स्थानीय सरकारहरुले ध्यान दिनुपर्नेमा टिप्पणीकारहरुको भनाइ रहेको थियो । वन महासंघ गढवाका अध्यक्ष नवराज शर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण दाङ देउखुरी वातावरण पत्रकार मञ्चका प्रबक्ता महेश रिजालले गरेका थिए ।

 

प्रकाशित मिति : २०७५ चैत्र २ गते शनिवार
प्रतिक्रिया