तुलसीपुर र घोराही क्षेत्रमा भोली विद्युत सेवा अवरुद्ध हुने

तुलसीपुर,१ चैत ।
तुलसीपुर र घोराही क्षेत्रमा भोली विद्युत सेवा अवरुद्ध हुने भएको छ । लमही घोराही १३२ केभी प्रशारण लाईन आयोजना र झिङनी दाङ अन्र्तगतको लमहीे १३२÷३३ केभि सवस्टेशन देखी निर्माणाधिन घोराही लमही १३२÷३३ केभि सवस्टेशन सम्म १३२ केभी प्रसारण लाईनको लागि तार तान्ने काम भईरहेको हुदा विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।

भोली विहान ८ बजेदेखि साझ ५ बजे सम्म विद्युत आपुर्ति बन्द हुनेछ । कार्यालयले आज एक सुचना जारी गरी यस्तो जानकारी दिएको हो । यता पश्चिम दाङको च्याटिखोला सवस्टेशनबाट प्रशारण हुने लाईन अन्र्तगत तुलसीपुर पातुखोला देखी पश्चिम बेलुवा, दोघरे पुरन्धारा, हंसपुर, बाघमारे,रगैचा क्षेत्रमा भने विद्युत सेवा अवरुद्ध नहुने तुलसीपुर वितरण केन्द्र प्रमुख दिपक जंग चौधरीले जानकारी दिएका छन ।

प्रकाशित मिति : २०७५ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया