अधिकारकालागि सघर्ष गर्नुपर्छ : कोमल वली

तुलसीपुर २४ फागुन

राष्ट्रिय सभा सदस्य कोमल वलीले हरेक महिलाले आफनो अधिकारका लागी संघर्ष गर्नुपर्ने बताउनु भएको छ । आफनो अधिकारका लागी आफै लड्नु पर्ने भन्दै अन्यायको विरुद्धमा उत्रिनुपर्ने बताउनुभयो ।
१०९ औ अन्तराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा तुलसीपुरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा गणतन्त्र स्थापनापछि समाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपमा महिलाहरु अग्रसर भए पनि आशातित रुपमा प्रगति हुन नसकेको टिप्पणी गर्नुभयो ।

अधिकार रक्षाका लागि एक्लो प्रयासले मात्र सम्भव नहुने भन्दै उहाँले सामुहीक प्रयास र संगीठ रुपमा एक जुट भएर लाग्नु पर्ने बताउनुभयो । उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे, ब्रमकुमारि विश्व विद्यालयकी गिता दिदि न्यैपाने,मानब अधिकार तथा शान्ती समाजमा केन्दिय महासचिब सुसिल बस्नेत , नेकपा नेता कृष्ण भुसाल ,वडा नं ६ का अध्यक्ष नबराज लामिछाने , इलाका प्रहरि कार्र्यालय तुलसीपुरका डिएसपि पे्रम शाहि , महिला अधिकारकर्मि सुस्मा गिरि ,जेष्ठ नागरिकका नगर अध्यक्ष ललित बहादुर वलि लगाएतले बोलेका थिए ।

साथै उक्त कार्यक्रममा महिलामा सवालमा सहयोग गरेको भन्दै बिभिन्न क्षेत्रमा कृयाशिल महिलाहरुलाई सम्मान गरिएको थियो । जस अन्र्तगत पत्रकारिताको माध्यमबाट महिलाको क्षेत्रमा कलम चलाएको भन्दै पत्रकार सुधासुमन ढकाल, नारायणी रजौरे, निरलाअर्याल गैरे, सर्मीला डिसी, अन्जना चौधरीलाई सम्मान गरिएको थियो । त्यसैगरी महिला अधिकारकर्मी कमला जिसि,राधादेवि नेपालीलाई पनि सम्मान गरिएको थियो ।
महिला अधिकारकर्मी तथा वडा नम्बर ६ कि वडा सदस्य युवा कराराको स्वागत मन्तव्य बाट सुरु भएको कार्यत्रमको सहजिकरन तुलसीपुर उपमहानगरपालिका महिला तथा बालबीकास शाखाकी महिला विकास निरीक्षक माया श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा तुलसीपुर उपमहागर कार्यपालिका सदस्य जानका रेग्मीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सक्षम महिला विकासमा महिला, लैगिङक समानताका लागी समान सोच र व्यवहार, समृद्धिको आधार भन्ने मुल नारा साथ तुलसीपुर उपमहानगरपालिकाबाट सुरु भएको ¥यालीले तुलसीपुर बजारको विभिन्न भाग परिक्रमा गरी वि एस पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २४ गते शुक्रवार
प्रतिक्रिया