सवारी दुर्घटनामा परि ज्यान गुमाएका मृतकका परिवारलाई राहात हस्तान्तरण

तुलसीपुर, २२ फागुण ।सवारी दुर्घटनामा परि ज्यान गुमाएका मृतकका परिवारलाई राहात प्रदान गरिएको छ । राप्ती अञ्चल साना मालबाहक यातायात ब्यबसायी समिति तुलसीपुरले बुधवार एक कार्यक्रमको आयोजना गरि तुलसीपुर १९ बाँसगडी निबासी ३५ वर्षिय लाल बहादुर रावतका परिवारलाई २५ हजार रुपैया राहात प्रदान गरेको हो । समितिको हितकोष अन्र्तगत उक्त रकम मृतकका छोरा ५ बर्षिय पुजन रावतलाई समितिका अध्यक्ष भुबन भुषालले हस्तान्तरण गरेका हुन् ।
राहात हस्तान्तरण कार्यक्रममा समितिका सचिव बिरज डाँगी, कोषाध्यक्ष शिव बहादुर बुढाथोकी ,सदस्य बसन्त खड्का,लालबहादुर के सि , गाडी धनी राकेश राई ,कार्यालय प्रमुख मदन कुमार श्रेष्ठ ,दुर्घटना प्रमुख तथा फिल्ड अधिकृत ईश्वरी प्रसाद गैरेको सहभागिता रहेको बताईएको छ । लु १ च ५९१२ पिकअपका चालक तथा गाडी धनी समेत रहेका रावतको गत फागुण १५ गते दुधरास देखी छिल्लीकोट तर्फ जादै गर्दा दुर्घटनामा परि ज्यान गएको थियो । रावत संगै तुलसीपुर वडा नं. १९ छिल्लीकोटका ५५ बर्षीय अमर बहादुर वलीको पनि सोहि दुर्घटनामा परि ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७५ फाल्गुन २२ गते बुधवार
प्रतिक्रिया